बालुवा पेलेर तेल निकाल्नु र ओलि सुध्रिनु एउटै कुरा- माधब नेपाल


नेकपा प्रचण्ड,माधव समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निक्लनु र ओली सुध्रनु एकै रहेका कारण आन्दोल गरि सत्ताच्यूत गर्न जनता समक्ष आउनुपरेको परेको बताउनुभएको छ ।
शनीबार धनकुटामा आयोजित विरोध कार्यत्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पूर्व एमाले हुँदादेखि नै आफुले ओलीलाई सुधार गर्न खोजेको तर ओलीको लिढे प्रबृतिले सुर्धान नसकेको बताउनुभयो । नेकपा भित्रको सबै भन्दा मअंहकारी नेताको रुपमा केपी ओली ओली चिनिएका कारण जनताले उनलाई सडक आन्दोलन बाटै घुडा टेकाउने बताउनुभयो । निरंकुशताको विरुद्धमा प्रतिपक्ष नेपाली कांग्रेश जनता समाजवादि नागरीक समाज लगाएत सबै नेपाली जनता ओलिको विपक्षमाा भएका कारण निरंकुशता चाँडै ढल्ने समेत अध्यक्ष नेपालले बताउनुभयो ।
नेता नेपालले भन्नुभयो “ओली माओवादि विरोधी, जनआन्दोलन विरोधी एवं संविधान विरोधी भएका कारण नै संविधान च्यात्न लागि परेकाछन् यो उनको लोकतन्त्र सिध्याउने खेल हो । राम्रो काम गर्नेको अनुहारबाटै थाहा हुन्छ, अहिलेका प्रधानमन्त्रीको अनुहार सोच व्यवहार नै उखान टुक्का र चुड्ीकिला भनेर समय बर्बाद गर्नेमात्र छ ”

झाँक्रिलाई ७ बर्ष जेल र ७० हजार जरिवानाको हवाला दिएर नेकपा कार्यकर्ता तर्साउन खोजेका ओलीले भाmँक्रि पत्राmउ लगत्तै देशभर आगो बल्न थालेपछि ७ घण्टा समेत टिक्न नसकेको आरोप लागउनुभयो ।
कार्यक्रमामा पूर्व मन्त्रि एवं नेकपा स्थाई कमिटि सदस्य बर्षमान पुनले केपि ओलीले संविधानलाई कुल्चिएकाले जनतालाई सचेत गराउन देशव्यपि विरोध सभा गर्नु परेको बताउनु भयो । संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै आफु सरकार हुँदा बिना सरसल्लाह पीच रोड, पानी जहाज, रेल , हावाबाट विजुली लगाएतका हावा कुरा गरेर आफुहरुलाई ओलीले जनतासामु लज्जास्पद बनाएको पुको आरोप थियो ।
सभामा केन्द्रिय सदस्य रामकुमारी झाँक्रिले शक्तिशाली बनिसकेका प्रधानमन्त्री विरुद्ध नेपाली जनता र आफुले जित्ने आत्मविश्वास रहेको बताउनुभयो । विरोध सभामा पोलिटव्यूरो सदस्य भीम आचार्य, हेमराज भण्डारी, सुरेश राई, प्रदेश अध्यक्ष घनेन्द्र बस्नेत लगाएतले विरोध कार्यक्रमलाई सम्बोधन गरेका थिए ।