धनकुटा काङ्ग्रेसले मुखमा कालो पट्टि बाधेर ओलिको असम्बैधानिक कदम विरुद्ध बिरोध प्रदर्सन

16Shares

फागुन ३ धनकुटा ।
धनकुटामा नेपाली कांग्रेसले आज मुखमा कालो पाटी बाधेरे जिल्लाभरी असंबैधानिक कदमको विरुद्ध प्रर्दशन गरको छ ।
मुखमा कालो पटी बाधेर धनकुटाको पार्टी कार्यालयबाट सडकमा निस्केकर प्रर्दशन गर्दै नेकपाको सरकारले गरेको असंवैधानिक कदमको विरुद्ध धनकुटा कांग्रेसले प्रर्दशन गरेको हो ।
कोलो पटी बाधेर विरोध प्रर्दशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेस धनकुटका सभापति अग्नी प्रसाद पौडेल,प्रदेश सभा सांसद लिला सुब्बा, जिल्ला सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राईले लोकतन्त्र र संविधानको रक्षाका लागी कांग्रेस सडकमा आएको वताउनु भयो ।
उक्त विरोध प्रर्दशन कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका उपसभापति नविन किशोर शाक्य,महासमिति सदस्य घनेन्द्रराज श्रेष्ठ, विकास प्रधान ,सचिव रविन्द्र नेपाली,सहसचिव सिता श्रेष्ठ जिल्ला सदस्यहरु निर्मला ओझा,ज्ञानु गुरुङ्ग,खेम पौडेल,विष्णु पौडेल, महोन वान्तवा, टिका भण्डारी,नेपालधन राई,सुमना तिम्सिना,रमेश राई,रमेश ईवाहाङ्ग,राजेन्द्र पौडेल,पृती राई,हर्कसिह राई,क्षेत्रिय सभापति जितेन्द्र राइ,कोषाध्यक्ष निरुपा राई,पालिका सभापतिहरु रोशन श्रेष्ठ,छत्र सुब्बा,तिर्थ राई,दिपक मगर,नेपाल महिला संघ धनकुटका उपाध्यक्ष अम्विका धमला,नेपाल प्रेस युनियन धनकुटका अध्यक्ष हिमा चेम्जोङ्ग,नेविसंघ धनकुटका अध्यक्ष बालानन्द दाहला,नेपाल तरुण दलका क्षेत्रिय अध्यक्ष तिलक महत,आदिवासी जनजाती संघ धनकुटका अध्यक्ष श्रीकृष्ण प्रधान ,कृष्ण थापा,मिन कार्की,निमल थापा,सन्तोष मानन्धर लगायत सवै कांग्रेजनहरुले मुखमा कालो पटी बाधेर प्रर्दशन गर्नु भएको थियो ।
धनकुटा जिल्लाभरीनै कांग्रेसजनहरुले मुखमा,टाउकोमा,हातमा कोलो पटी बाधेर असंवैधानिक कदमको विरुद्ध प्रर्दशन गरेको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।
नेपाली कांग्रेस धनकुटाले नेपाली कांग्रेसका केन्द्रिय सदस्य पूर्व मन्त्री शंकर भण्डारीको प्रमुख आथित्यमा फाल्गुण ५ गते विहान ११ बजे जिल्ला पाटी कार्यालयमा र फाल्गुण ६ गते विहान ११ बजे पूर्व मन्त्री तथा सहमहामन्त्री सुनिल थापालको प्रमुख आथित्यमा गरीखाने देउ अभियानको प्रशिक्षण कार्यक्रम जिल्ला पार्टी कार्यालय धनकुटामा गर्ने जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

16Shares