तरुणहरू समाज रुपान्तरणका लागि शक्ति हुन।

23Shares

फागुन १० धनकुटा ।-नरेन्द्र कश्चित
नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व मन्त्री सुनिल वहादुर थापाले तरुणहरु समाज रुपान्तरणको महत्वपूर्ण शक्ति भएको वताउनु भयो ।
धनकुटा नगरपालिका वडा नं ५ को तरुण भेलाको उद्घाटन गर्दै उक्त कुरा नेपाली कांग्रेसका सहमहामन्त्री थापाले बताउनु भएको हो ।
नेपाली कांग्रेसका आमान्त्रित केन्द्रीय सदस्य मनोहर नारायण श्रेष्ठले समाजको विकृती विसंगती विरुद्ध तरुण शाक्ति परिचालित हुनु पर्नेमा उक्त भेलामा तरुणहरूलाई निर्देशन दिनु भयो ।
धनकुटा नगरपालिका ५ को तरुण भेलामा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राइ,नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य तथा वडा नं. ५ का वडाध्यक्ष धन कुमार राई,वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठ,वडा नं. ५ का उपसभापति गोविन्द राई,नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष युवराज पराजुली,क्षेत्रिय अध्यक्ष तिलक महत लगायतकाले मन्तब्य राख्नु भएको थियो ।

आज भएको तरुण भेलाले नेपाल तरुण दल धनकुटा नगरपालिका वडा नं. ५ का अध्यक्षमा बेनु राई,उपाध्यक्षमा दिपेश उदास र ओमा राई,सचिव सुमन राई ,सहसचिवमा कौसिला राई ,सपना राई,कोषाध्यक्षमा मनोज राई र सदस्यहरुमा सविन श्रेष्ठ,रुपेश वराईली,विकास थापा मगर,डेविट बुढाथोकी पवन लिम्बु लगायत ८३ सदस्यीय वडा समिति गठन गरिएको छ ।

नेपाल तरुण दल धनकुटा नगरपालिका वडा नं. ५ का अध्यक्ष रत्नेश राईको अध्यक्षमा सम्पन्न भएको तरुण भेलामा स्वागत मन्तव्य तरुण नेता विशाल लिम्बुले गर्नु भएको थियो ।

23Shares