उत्तरपुस्तिका फेरबदल गरेको भन्दै नेबिसंघ धनकुटाको विरोध।

9Shares

फागुन १४ धनकुटा

धनकुटा बहुमुखी क्याम्पस स्नातक तह तेस्रो बर्ष मानविकी संकायको परिक्षामा उत्तरपुस्तिका फेरबदल गरिएपछि नेपाल विद्यार्थी संघ धनकुटाले आन्दोलन शुरू गरेको छ ।

धनकुटा बहुमुखी क्याम्पस मानविकी संकायका सहायक क्याम्पस प्रमुख रुद्र प्रसाद पोख्रलले बस्तुगत तर्फको उतर पुस्तिका फेरबदल गरि विद्यार्थीको भविष्यमा खेलवाड गरेकोमा पोख्रेललाई तत्काल निलम्बन गरि कार्वाहीको माग गर्दै नेपाल विद्यार्थी संघ धनकुटा बहुमुखी क्याम्पस इकाई समिति आन्दोलित भएको हो ।

धनकुटा बहुमूखी क्याम्पस, त्रिभूबन विश्वविद्यालयको परिक्षा प्रणालीको विश्वासनीयता माथी नै प्रश्न उठ्ने कार्य गरिएको भन्दै तत्काल सहायक क्यापस प्रमुख लाई निलम्बन गरि कारबाही गर्न माग राख्दै आएको नेविसंघले आज सहायक क्यापस प्रमुखको कुर्सी बाहिर निकाली तस्बिर कुर्सीमा टाँस्दै परिक्षा सजिलै पास गर्ने भए मलाई सम्पर्क गर्नु, बस्तुगत तर्फको उत्तर चाहिए म सहयोग गर्छु जस्ता पोस्टर लेखि क्याम्पसमा प्रदर्शन गरेको छ ।

नेविसंघले परिक्षामा भएको अनियमितताको छानबिनमा क्याम्पस प्रशासन उदासिन भएको भन्दै तालाबन्दी समेत गरेको थियो ।

नेविसंघले उठाएका मागको सम्बोधन क्याम्पस प्रशासनलले नगरे अझै आन्दोलन गर्ने र त्यस बाट उत्पन्न भएको सबै परिणाम क्याम्पस प्रशासनलले लिनु पर्ने नेपाल विद्यार्थी संघ धनकुटाका सभापति सभापति बालानन्द दाहालले बताउनु भयो ।

क्याम्पसको परिक्षामा भएको अनियमितता छानविन गर्न प्रध्यापक संघले समेत माग गरेको छ ।

9Shares