धनकुटाको महालक्ष्मी नगरपालिकाको नेता चौकमा कांग्रेसको बृहत भेला सम्पन्न।

11Shares

धनकुटा १४ फाल्गुण,धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकाको मूर्ताीढुंगाको नेता चौकमा आज आयोजित वृहत कांग्रेस भेलामा अहिले संविधान र लोकतन्त्रको जित भएको कांग्रेस नेताहरुले वताएका छन ।
उक्त भेलामा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य संविधान सभाका सदस्य मनोहर नारायण श्रेष्ठले अव नेपाली कांग्रेस मात्र सफल भएको वताउदै नेपाली कांग्रेसको नेतृत्वमा मुलुकले निकास पाउने वताउनु भयो ।
नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलले अव नेपाली कांग्रेसले जागरण ल्याउने वताउनु भयो ।
नेपाली कांग्रेस महालक्ष्मी नगरपालिका वडा नं. ८ का सभापति कर्ण वहादुर थापाको अध्यक्षमा सम्पन्न भएको कांग्रेस भेलामा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,जिल्ला सदस्यहरु भक्तलाल मादेन,राजेन्द्र खड्का,महाल्लक्ष्मी नगरपालिकाका पार्टी सभापति ध्रुवराज राय, वडा नं.. ९ का पाटी सभापति प्रेम प्रसाद ढकाल,नेपाली कांग्रेसका सदस्यहरु तुल वहादुर पुलामी,दोर्ण नेपाल लगायतले लोकतन्त्रको रक्षा गर्दै नेपाली कांग्रेसले अव आर्थिक समृद्धीको अभियान गाउ गाउबाट संचालन गर्ने वताउनु भयो ।
नेपाली कांग्रेस महालक्ष्मी नगरपालिकाका उपसभापति हिक्मत भण्डारीले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै कार्यक्रमको संचालन गर्नु भएको थियो भने स्वागत मन्तव्य सदस्य दोर्ण नेपालले व्यक्त गर्नु भएको थियो भने कार्यक्रममा नेपाली कांग्रेसले संचालन गरिरहेको गरिखाने कार्यक्रमको वारेमा समेत जिल्ला सचिव विजय सन्तोषी राइले सहजीकरण गर्नु भएको थियो । मुलुकमा अहिले लोकतन्त्र र संविधानको जित भएको समेत उहाहरुले वताउनु भएको थियो ।

11Shares