प्रचण्ड-नेपाल समूहको नेकपा पाख्रीबास नगर कमिटीलाई पूर्णाता प्रदान।

23Shares

फागुन २२ धनकुटा ।

प्रचण्ड-नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाख्रीवास नगर कमिटी धनकुटाले पूर्णता पाएको छ ।

पाख्रीबास नगरपालिका धनकुटाका नगर अध्यक्ष सोभित निरौला र सचिव वलाराम खड्काको नेतृत्वमा आज ८५ सदस्यीय कमिटी विस्तार गर्दै नगर कमिटीलाई पूर्णता प्रदान गरिएको हो ।

नगर कमिटीले पूर्णता पाए सँगै नेकपा-प्रचण्ड नेपाल समूहका जिल्ला कमिटी सचिव तथा वैठकका प्रमुख अतिथि ऋषीराम ढुङ्गानाले कमिटीका पदाधिकारीहरुलाई आज पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको छ ।

वैठकलाई यो समूहका जिल्ला सचिवालय सदस्य गोपाल भट्टराई,कृष्ण कटुवाल र जिल्ला कमिटी सदस्य मुक्ति वजगाईले सम्वोधन गर्नु भएको नेकपा पाख्रीबास नगर कमिटीले जनाएको छ ।

23Shares