भर्ना नभएका ब्यक्तिलाई क्याम्पसमा नाराजुलुस लगाउन बन्द गराउन अनेरास्ववियु धनकुटाको माग

30Shares

फागुन २३ धनकुटा ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले धनकुटा वहुमुखी क्याम्पस प्रशासन समक्ष क्याम्पसमा भर्ना नभएका व्यक्ति क्याम्पस हाता भित्र कुनैपनि नारा जुलुस लगायत शैक्षिक क्षेत्रमा असर पर्ने गरि कार्यक्रम गर्न रोक लगाईनु पर्ने लगायतका विभिन्न माग गरेको छ । युनियनले आज एक माग पत्र जारी गर्दै त्यस्तो माग गरेको हो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन संयोज वालकृष्ण वास्तोला,सह संयोजक अनुता अधिकारी र सचिव कपेन्द्र आले द्धारा हस्ताक्षरित माग पत्रमा क्याम्पसका सवै कक्षा कोठामा प्रोजक्टर र सिसि क्यामरा जडान गरिनु पर्ने,सवै तहका आन्तरिक परिक्षाको व्यवस्था गरिनु पर्ने,प्रत्येक कक्षा कोठामा खानेपानीको उचित व्यवस्था गर्नुपर्ने, पूरानो भवनहरुलाई रंगरोगन गर्नुपर्ने, छात्रावासको लागि आवेदन फर्म खोलिनु पर्ने र क्याम्पसका सम्पूण जग्गा घेरावारा गरि अनाधिकृत भोग चलन हुन नदिनु पर्ने लगायत १५ वुँदे माग उल्लेख छ ।

30Shares