एमाले धनकुटाको बोर्ड र कार्यालय स्थापना।


धकुटा २८,फागुन ।

सर्वोच्च अदालतको फैसलाले नेकपा नामको बिवाद अन्त्य गरिदिएपछि धनकुटा जिल्लामा आज नेकपा हटाएर नेकपा (एमाले) को बोर्ड राखिएको छ ।

पार्टी कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरेर जिल्ला कमिटी र नगर कमिटीको बोर्ड परिवर्तन गरिएको हो ।

बोर्ड ब्यानरको नेकपा एमालेका जिल्ला अध्यक्ष राजेन्द्र कुमार राई र अग्रज नेता गोपाल गुरागाईँले संयुक्त रुपमा उद्घघाटन गर्नुभएको थियो ।

कार्यक्रममा एमाले नेताहरु चन्द्र बस्नेत,गणेश राई (उज्ज्वल),ईन्द्रमणी पराजुली,टंक चुहान,निरन राई,शिव आङ्ला,तारा तितुङ लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

उपस्थित सबैलाई पार्टी अध्यक्ष राईले शुभकामना दिनु ब्यक्त गर्नु भएको थियो । जिल्लाका ७ वटै स्थानिय तह अन्तर्गतका पार्टीहरुको बोर्ड र कार्यालय समेत परिवर्तन गरिने एमाले धनकुटाले जानकारी दिएको छ ।