नेकपा एमाले धनकुटाको बैठक सम्पन्न।


चैत २ धनकुटा ।

अदालतले गरेको फैसला कार्यन्वयन गर्दै धनकुटा जिल्लाको जिल्ला कमिटी नेकपा एमाले मा रुपान्तरण गर्ने निर्णय गर्दै नेपाल कम्युनिष्ट पार्टी एमालेको वैठक आज सम्पन्न भयो ।

जिल्ला कमिटीका अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा सम्पन्न वैठकले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) वीच एकिकरण भई वनेको नेपाल कम्युनिष्ट पार्टी विधि सम्मत नदेखिएको भनी पूर्ववत् अवस्थाका पार्टीमै रहने गरी गत फागुन २३ गते अदालतले गरेको फैसला अनुसार जिल्ला कमिटी (एमाले) मा रुपान्तरण गर्ने निर्णय गरेको हो ।

जिल्लाका ७ वटै स्थानिय तहमा एमालेको गाउँ तथा नगर पार्टी कार्यालय स्थापना गरिसकिएको जानकारी गराउदै अव यहाँका ६० वटै वडाहरुमा वडा कार्यलय स्थापना गर्ने निर्णय समेत गरेको छ । त्यस्तै पार्टीका नेता कार्यकर्ताहरुलाई एमालेमा आवद्ध हुन र पार्टी मातहत कमिटीका नेता कार्यकर्तालाई पार्टी र जनताको काममा लाग्न निर्देशन दिने निर्णय समेत वैठकले गरेको एमाले जिल्ला कमिटी धनकुटाले जनाएको छ ।