चैत १९ धनकुटा ।-नरेन्द्र कश्चित
नेपाली कांग्रेस पार्टी सहिदभुमि गाउँपालिका वडा नं.-७ को आयोजनामा आज भएको भेलाले नेपाल तरुण दल लगायतका भातृसंस्थाहरूको गठन कार्य आज सम्पन्न गरेको छ ।
सहिदभुमि वडा नं.-७ साप्टिङटारमा सम्पन्न भेलाले अनिल राईको अध्यक्षतामा १७ सदस्यीय नेपाल तरुण दल वडा समिति गठन गरिएको छ ।उपाध्यक्षमा टंक बहादुर मगर,उपाध्यक्षमा महेश माझी,सचिवद्वयमा केशव राई,भिम भण्डारी,कोषाध्यक्षमा धकेन्द्र राई सर्वसम्मत चयन हुनु भएको छ ।सदस्यहरूमा टंक श्रेष्ठ,देवी कुमार राई,हिरामान राई,जीवन राई,अजित कार्की,निरञ्जन राई,गणेश साङपाङ राई,अनिता माझी,फडिन्द्र श्रेष्ठ,उदय बहादुर श्रेष्ठ र हुमाङ्ग रानामगर सर्वसम्मत चयन हुनु भएको छ ।
आजै भएको भेलाले राम बहादुर मोतेको अध्यक्षतामा सात सदस्यीय नेपाल दलित संघ समेत सर्वसम्मत चयन गरिएको छ ।उपाध्यक्षमा चन्द्र बहादुर सुनार,सचिवमा शेर बहादुर दर्नाल,सह-सचिवमा मदन सुनार,कोषाध्यक्षमा राममाया महरा चयन हुनु भएको छ भने सदस्यहरूमा कमला परियार र बल बहादुर दर्नाल चयन गरिएको छ ।
आजै भएको भेलाले प्रमोद राईको अध्यक्षतामा ११ सदस्यीय नेपाल किराँत राई संघ वडा समिति समेत गठन कार्य सम्पन्न भएको छ ।उपाध्यक्षद्वयमा कान्छीमाया राई र सविन राई,सचिवद्वयमा राज कुमार राई र देवी कुमार राई,कोषाध्यक्षमा जौ कुमारी राई सर्वसम्मत चयन गरिएको छ ।सदस्यहरुमा रोहन राई,हिरामान राई,भक्त बहादुर राई,सिर्जना राई लगायतका चयन गरिएको कुरा नेपाली कांग्रेस वडा नं.-७ का सचिव तिलक भण्डारीले जानकारी दिनु भयो ।
आज सम्पन्न भेलामा नेकपा एमाले पार्टी परित्याग गरि सिर्जना राई र डम्बर कुमारी प्रधान नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ ।नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य कमोट फागोको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो । भेलामा मन्तब्य राख्दै फागोले भन्नु भयो-कम्युनिस्टहरूको चर्तिकलाबाट देश र जनतालाई निराश बनाइ रहेकोले अब वडा,टोल टोलबाट नेपाली कांग्रेसमा आवध्द भइ देश र जनतालाई समृध्दि तर्फ डोराउनु पर्ने बताउनु भयो ।
नेपाली कांग्रेसका जिल्ला सदस्यहरू मोहान वान्तावा राई,नेपालधन राई,रमेश इवाहाङ्गले नेपाली कांग्रेसको भातृसंस्थाका निर्वाचित पदाधिकारीहरूलाई मन्तब्य मार्फत शुभकामना दिनु भएको थियो ।यसैगरि नेपाल तरुण दल जिल्ला सचिव नरेन्द्र राई,नेपाली कांग्रेस सहिदभुमि गाउँपालिका सचिव रुद्र राई,वडा नं ७ का यूवाहरूको तर्फबाट मान बहादुर मगर,राम बहादुर मोते लगायतकाले मन्तब्य राख्नु भएको थियो ।
भेलामा नेपाली कांग्रेसका अग्रज बयोवृध्द टेक बहादुर मगर,खेम कार्की,नेपाली कांग्रेसका वडा सदस्यका उम्मेद्वार पवित्रा माझी,चक्र बहादुर राई,नेपाल आदिवासी जनजाति संघ वडा समितिका अध्यक्ष हर्क राई,नेपाल महिला संघ वडा समितिका अध्यक्ष शान्ती राई लगायतकाको उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेस सहिदभुमि गाउँपालिका-७ का सभापति मंगलसिंह राईको सभापतित्वमा सम्पन्न भेलामा कार्यक्रम संचालन वडा सचिव तिलक भण्डारीले गर्नु भएको थियो ।