शहिदभुमि वडा नं ४ मा अखिल नेपाल महिला संघ गठन

17Shares

वैशाख ८ धनकुटा ।

अखिल नेपाल महिला संघ गाँउ कमिटी सहिदभुमिको आयोजनामा वडा नं ४ खोकुमा १७ सदस्य वडा कमिटी गठन गरिएको छ ।

अ.ने.म. संघ धनकुटाका सह-सचिव साबित्रा राईको प्रमुख आतिथ्यमा बसन्त राईको अध्यक्षतामा १७ सदस्य वडा कमिटी गठन गरिएको हो ।

नब गठित वडा कमिटीको उपाध्यक्ष शान्त कार्की,सचिव अनुष्का राई,सह-सचिव विनीता याख्या र कोषाध्यक्ष रुपा राई सर्वसम्मत चयन हुनु भएको छ ।त्यस्तै सदस्यहरुमा अमृता राई,नितु लिम्बु, हेमकुमारी राई ,जीवन कुमारी ,फुलमाया राई,सिमा राई,निशान माया राई,जुना राई,छत्र कुमारी राई र विकल राई चयन हुनु भएको छ ।अनेम संघ गाँउ कमिटी इन्चार्ज रत्नश्वरी राई,गाँउ कमिटी अध्यक्ष मनकुमारी राई, वडा सदस्य लाल बहादुर राई , वडा महिला सदस्य रेखा राई र वडा प्राविधिक राम प्रसाद राई लगायतको उपस्थिति थियो ।

17Shares