धनकुटामा महिला नेताको गर्जन कांग्रेस पार्टीमा महिला नेतृत्व

16Shares

धनकुटा, १२ बैसाख, नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं नेपाल महिला संघका पूर्व केन्द्रिय अध्यक्ष सांसद डा.डिला संग्रौलाले आज नेपाल प्रेस युनियन धनकुटाद्धारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आगमी कांग्रेसको महाधिवेशनबाट हरेक तहमा महिला नेतृत्व स्थापित हुने वताउनु भयो ।
मुलुकको समस्या समधान गरी मुलुकको विकास गर्न पनि अव कांग्रेसको नेतृत्व आवाश्यक रहेकोमा जोड दिदै केन्द्रिय सदस्य डिला संग्रौलाले अव कांग्रेसले नया ढंगबाट नेतृत्व गर्ने वताउनु भयो ।
नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष हिमा चेम्जोगको अध्यक्षतमा सम्पन्न भएको पत्रकार सम्मेलनमा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राईले समेत मन्तव्य राख्नु भएको थियो ।
यसैगरी नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. डिला संग्रौलाले आजै नेपाली कांग्रेस धनकुटाद्धारा धनकुटामा आयोजित अन्र्तक्रिया कार्यक्रममा अव कांग्रेसलाई कसैलेपनि हराउन नसक्ने वताउनु भयो ।
नेपाली कांग्रेस धनकुटाका उपसभापति नविन किशोर शाक्यको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा प्रदेश सभा सदस्य सांसद लिला सुब्बा,नेपाल महिला संघका केन्द्रिय सदस्यहरु शोभा पालुंगा,शुसिला ढकाल,नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,सदस्य कमठ फागु,सुमना तिम्सिना,नेपाल शिक्षक संघका प्रदेश नम्वर १ का अर्थ महासचिव राम कुमारी भण्डारी,नेपाल महिला संघकी पूर्व केन्द्रिय सदस्य टिका भण्डारी,जिल्ला उपाध्यक्ष अम्विका धमला ,नेपाल तरुण दलका वरिष्ठ उपाध्यक्ष धिरज साङ्वो,नेपाली कांग्रेस चौविसे गाउपालिका सभापति बिजु राई लगायतले नेपाली कांग्रेले अव संगठन विस्तार र सुदृढीकरण अभियान गाउ गाउमा संचालन गर्नु पर्नेमा जोड दिनु भयो ।

16Shares