समाजसेवी तथा समाजिक अभियान्त जयन्द्र प्रधानलाई अभिनन्दन गर्दै बिदाई

19Shares

धनकुटा १३ बैसाख, समाजिक अभियान्त धनकुटाका विकास प्रेमी वरिष्ट यूवा समाजसेवी तथा यूवा व्यावसायी जयन्द्र प्रधानलाई लक्ष्मी वचत तथा ऋण सहकारी संस्था धनकुटाले आज अभिनन्दन गर्दै विदाई गरेको छ ।
बैसाख तेस्रो साता केही बर्षका लागी अष्ट्रेलिया जान लाग्नु भएका वरिष्ट यूवा समाजसेवी तथा यूवा उद्यमी जयन्द्र प्रधानलाई लक्ष्मी बचत तथा ऋण सहकारी संस्था धनकुटाले धनकुटाको विकास र समृद्धी अनी सहकारी अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा अभिनन्दन गरी बिधाई गरेको हो ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, सहकारीका सल्लाहकार श्रवण शाह,निर्वतमान अध्यक्ष श्रीकृष्ण प्रधान,धनकुटा उद्योग बाणिज्य संघका कायकारी सदस्य रेजिना पलिखे सहकारकिा अध्यक्ष सुमना तिम्सिना ,उपाध्यक्ष सरोज राई लगायतले टिका तथा खादा लगाई दिई दोसल्ला अनी टोपी ओढाएर यूवा समाज सेवी सामाजिक अभियान्त जयन्द्र प्रधानलाई अभिनन्दन गर्नु भएको थियो ।
सो अवसरमा अभिनन्दीत व्यक्तित्व समाजिक अभियान्त जयन्द्र प्रधानले आफु अष्टेलियामा रहेर पनि धनकुटाको विकास र समृद्धीका लागी क्रियाशिल रहने वताउनु भयो ।
लक्ष्मी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमना तिम्सिनाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सरोज राईले र कार्यक्रमको संचालन व्यवस्थापक अनिता श्रेष्ठले गरेकी थिइन ।
सो अवसरमा उक्त सहकारी संस्थाका लेखा समितिका संयोजक देवेन्द्र प्रधान,सदस्य भगवती कार्की,कार्यकारी सदस्यहरु राधा तिम्सिना,यशोदा पोखरेल,विपना प्रधान,नविन घिमिरे लगायतले समेत अभिनन्दित व्यक्तित्व जयन्द्र प्रधानलाई टिका माला लगाई दिई बिधाई गर्नु भएको थियो ।

19Shares