धनकुटाका जिल्ला र जिल्लाभरकिा सवै कांग्रेस कार्यालयमा तिन दिन पार्टी कार्यालयमा झण्डा झुकाएर वन्द गरिने


धनकुटा २६ जेष्ठ, नेपाली कांग्रेस धनकुटा जिल्ला पार्टी कार्यालयमा झण्डा झुकाएर तिन दिन सम्म बन्द गरी नेता विश्व प्रकाश श्रेष्ठको निधनमा शोक मनाउने आज नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।
नेपाली कांग्रेस धनकुटा जिल्ला मातहतका क्षेत्र,नगर र वडाका पार्टी कार्यालयहरु समेत तिन दिन सम्म झण्डा झुकएर बन्द गरी नेता विश्व प्रकाश श्रेष्ठको निधनमा शोक मनाउन आग्रह गरिएको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईे वताउनु भभयो ।
नेपाल विद्यार्थी संघ धनकुटाका पूर्व जिल्ला अध्यक्ष,नेपाल तरुण दल धनकुट जिल्लाका पूर्व अध्यक्ष नेपाली कांग्रेस धनकुटाका वरिष्ठ नेता विश्व प्रकाश श्रेष्ठ कोरोना संक्रमित भई विराटनगर स्थित नवेल अस्पतालमा उपचारको क्रममा हिजो निधन हुनु भएको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।
धनकुटा नगरपालिकाको मेयरमा २०५४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नु भएका नेपाली कांग्रेस धनकुटाका बौद्धिक नेता विश्व प्रकाश श्रेष्ठलाई कोरोना संक्रमण भए पछि केही दिन धनकुटा अस्पतालमा उपचार पछी जटिल समस्या भएपछि विराटनगर स्थिति नवोल अस्पतालमा उपचारर्थ हुनुहुन्थ्यो ।
नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले आज शोक विज्ञप्ती प्रकाशित गरी नेपाली कांग्रेस धनकुटाका वरिष्ठ नेता विश्व प्रकाश श्रेष्ठको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको उल्लेख गर्नु भएको छ ।
स्वर्गीय विश्व प्रकाश श्रेष्ठ बौद्धिक नेताका साथै कुशल संगठनकर्ता अत्यन्तै मिलनसार,सहयोगी तथा शालिन व्यक्तित्वको रुपमा रहनु भएकोले उहाको निधनले नेपाली कांग्रेस धनकुटाले एक असल सगठनकर्ता र कुसल नेता गुमाएको समेत धनकुटा कांग्रेसद्धारा जारी शोक विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेपाली कांग्रेस धनकुटाका नेता विश्व प्रकाश श्रेष्ठ प्रति सम्मान पूर्वक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना समेत नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई द्धारा जारी शोक विज्ञप्तीमा व्यक्त गर्नु भएको छ ।
नेपाली कांग्रेस धनकुटाका नेता स्वर्गीय विश्व प्रकाश श्रेष्ठको सम्मानमा नेपाली कांग्रेस धनकुटाले जिल्ला पार्टी कार्यालयमा दिन दिन सम्म झण्डा झुकाएर कार्यालय बन्द गर्ने समेत नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।
२०१३ साल असार १३ गते धनकुटा नगरपालिका वडा नं . ६ बिचबजार धनकुटामा जन्मनु भएका स्वर्गीय विश्व प्रकाश श्रेष्ठको एक श्रीमती दुई छोरा र एक छोरी हुनुहुन्छ ।
नेपाली कांग्रेस धनकुटा नेता विश्व प्रकाश श्रेष्ठको आमाको पनि केही दिन अघि मात्र कोरोनाका कारण उपचारको क्रममा विराटनगर स्थित नवोल अस्पतालमा निधन हुनु भएको थियो भने उहाका श्रीमती पनी कोरोना संक्रमणका कारण घरमानै होम आईशोलेसनमा उपचार गराईनु भएको छ ।

नेपाली कांग्रेस धनकुटाले आफ्ना नेता स्वर्गीय विश्व प्रकाश श्रेष्ठको सम्मानमा जिल्ला पार्टी कार्यालय र मातहतका धनकुटा जिल्लाका सवै कार्यालयहरुमा समेत तिन दिन सम्म झण्डा भुकाएर पार्टी कार्यालय वन्द गरी शोक बनाउने भएको जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।