प्रधानमन्त्री देउवाले बोलाएको सर्बदिलिय बैठकमा केपि ओलि नजानुको कारण यस्तो


असोज १४
प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान १० बजे बालुवाटारमा बोलाएको सर्वदलीय बैठक नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री  केपी शर्मा ओली नजाने भएका छन् ।

संसदको अवरोध हटाउनेबारे छलफल गर्न देउवाले बोलाएको सर्वदलीय बैठकमा ओली नजाने एमलो प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । ‘अध्यक्षज्यू बैठकमा जानु हुन्न’, भट्टराईले भने, ‘पार्टीबाट अरु कोही जाने विषयमा छलफल भइरहेको छ ।’

सर्वदलीय बैठकमा नेकपा एमालेसहित संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निमन्त्रणा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ओलीले यसअघि सभामुखले आयोजना गरेको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेको थियो । आफूहरूले कारवाही गरेका माधव कुमार नेपाल बैठकमा सहभागी भएको भन्दै एमालेले सभामुखले बोलाइएको सर्वदलीय बैठक बहिस्कार गरेको थियो ।

साथै आफूहरुले सभामुखको निर्णयमा आपत्ति जनाएर संसद अवरुद्ध गरेको हुनाले सभामुखको निम्तो अस्वीकार गरिएको एमाले नेताहरुले बताएका थिए ।                                            Emauntaintv.com बाट