जन्म दिनमा पार्टी गर्दा ११ जना नेपालीको ज्यान गयो। हङ्गकङ्ग आगलागी।

17Shares

मङ्गसिर २/ हङकङस्थित नेपाली रेस्टुरेन्टमा आगलागीमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । हङकङको  कार्मालोन क्षेत्रमा नेपालीले सञ्चालन गरेको जिरे खुर्सानी नामक रेस्टुरेन्टमा आइतबार राति आगलागी भएको थियो । 

मृत्यु हुनेमध्ये ७ जना नेपालीको भने सनाखत भइसकेको छ। आगलागीमा परी मृत्यु हुनेमा ३८ बर्षीय युवराज कँडेल, १३ बर्षीय कृतिका कँडेल, ३५ बर्षीय राजबाबु नेपाल, ९ बर्षीय रियान नेपाल र ३९ बर्षीय शेरबहादुर गुरुङ छन। यसैगरी, ३२ बर्षीया अनिता निरौला र ४० बर्षीया विनिता तामाङको पनि मृत्यु भएको छ । 

जन्मदिन  मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगोलागी भएको बताइएको छ ।

17Shares