मलेसिया जोहोर बारु देसा चेमारलाङ्गमा एक जना नेपाली को भरखरै मृत्यु

1.3K+Shares

मलेसिया जोहोर बारु देसा चेमर्लाङ्ग मा आज एक नेपाली को मृत्यु भएको छ। चेमरलाङ्ग को CED SYSTEM मा काम गर्ने महोत्तरी गौसाला घर भएका लगभग बर्ष २७ को बिजय पासवान को मृत्यु भएको हो।
गत ४ बर्ष अघि मलेसिया आएका बिजय केही दिन अगाडि देखि जोरो आइरहेको बताइरहेका थिए।
आज बिहानै जोरो आयो, टाउको दुखो, छाती दुख्यो भन्दै होस्टेलको साथी लाई भने का थिए। होस्टेल कै साथी रोशन का अनुसार उनी हिजो बेलुकी खाना खाएर सङ्गै सुतेका थिए। बिहान त्यस्तो भए पछि उनलाई साथी हरुले क्लिनिक पुराएका थिए। डाक्टर ले स्लेन पानी पनि हालेका थिए। केही बेर पछि उनलाई डाक्टर ले मृत घोषणा गरेका थिए। मलेसिया प्रहरी हरु अहिले अनुसन्धानको लागि क्लिनिकमा आएका छन। के कारण ले मृत्यु भएको हो रिपोर्ट आउन बाकी छ। शबलाई पोस्ट मार्टम पछि थाह हुने कुरा डाक्टर ले बताए।

1.3K+Shares