कोरोनाको कारण मृत्यु भएका बिजयको लास मलेसियामै जलाइयो। परिवारले अन्तिम लास समेत देख्न पाएनन।


मलेसिया/ चैत्र २२
आज भन्दा २ हप्ता अगाडि जोहोर बारुको देसा चेमार्लाङ्गमा मृत्यु भएका महोत्तरी गौशालाका बिजय कुमार पास्मानको शबलाई आज हिन्दु सस्कार अनुसार दाहसंस्कार गरिएको छ।

२ हप्ता अगाडि मृत्यु भएको मृतक को पोस्टमार्टम मा कोरोना पोजेटिभ सहित स्वास्प्रस्वासको समस्याका कारण मृत्यु भएको रिपोर्ट एच.इ.बि.इ.के. का डाक्टर फाकरुद्दिन इकबाल बिन अब्दुल्ला ले दिएका छन।

कोरोना का कारण नेपाल पठाउन नमिल्ने कुरा एम्बेस्सी ले बताए पछि नेपालको आफन्त, वडा कार्यालय र नेपाल एम्बेस्सीको संयुक्त सहमतिमा दाहसंस्कार गरिएको कुरा यहाका गैर आवसिय नेपाली मधिसे संघ का उपाध्यक्ष राम पास्मान ले बताए। उनका अनुसार मृतकले पाउने सम्पुर्ण जीवन बिमाहरु कम्पनीले प्रकिया अगाडी बढाउदै गरिरहेको छ।