NRNA मलेसियाको जोहोर राज्य समितिको तेस्रो अधिबेशन सप्पन्न ।


जुन २८/ मलेसिया

नेपाली का नेपाली मुल नारा लाई आत्मसात गर्दै गैरआवासीय नेपाली संघ मलेसियाको क्षेत्रीय समिति जोहोरबारुले आफ्नो तेस्रो अधिबेशन सम्पन्न गरेको छ । आज सम्पन्न उक्त अधिबेशन भर्चुअल माध्यम मार्फत गरिएको हो ।
अधिबेशन को उत्घाट्न नेपाली राजदुतावास मलेसिया का द्वतिय सचिब प्रेम बहादुर बुढा थापा को प्रमुख आतिथ्य सम्पन्न उक्त कार्यक्रम १९-२१ का अध्यक्ष तथा अधिबेशन सयोजक मिम्म बहादुर गुरुङ ले अधिबेशन को लोगो रिभिल गरेर कार्यक्रम उद्घाटन गर्नु भएको थियो ।

मलेसियाको एक मात्र क्षेत्रीय साखा जोहोरबारुको भर्खरै सम्पन्न तेस्रो अधिबेशन ले सर्बसहमतिबाट हरि बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। जस्मा वरिष्ट उपाध्यक्ष मा बेदना श्रेष्ठ,उपाध्यक्ष मा युवराज ज्योती सचिब मा राज बहादुर साउँद, स-सचिब मा बिंदु दर्लामी मगर,कोषाध्यक्षमा रेश्मा कला राई,युवा संयोजकमा छविलाल गिरी सहित सदस्यहरु विवस ओली,हिमाल थापा मगर,शैलेश सौगात, रीमा गुरुङ,गङ्गा चाम्लिङ्ग राई,सुनिता शाह ,उर्मिला राई,तिलक बहादुर श्रेष्ठ ,उषा केसी र धुर्ब देब लामिछाने सहित १९ सदस्य कार्य समिति सर्बसहमती मा चयन गरेको निर्वाचन समिति संयोजक नारायण अधिकारीले जानकारी दिए।
कार्यक्रम मा एसिया प्यासिफिक क्षेत्र का उप-सयोजक खगेन्द्र न्योपाने लगाएत NRNA राष्ट्रिय समन्वय समिती मलेसिया का पदाधिकारीहरु को उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रम मा बरिस्ठ उपाध्यक्ष बेदना श्रेष्ठ ले स्वागत मन्तव्य अनि रेश्मा राई ले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने नवनियुक्त अध्यक्ष हरि बस्नेत ले आफ्नो कार्ययोजना प्रस्तुत गर्नु भएको थियो ।