मलेसिया देसा चेमार्लाङ्गमा याम बहादुर बोहोराको हत्या। हत्या रहस्यमय। प्रहरी अनुसन्धान जारी।


फाल्गुन १५ – रामेछाप गोठगाउ निबासी याम बहादुर बोहोरा आज मृत फेला परेका छन। दिउँसो लगभग 2 बजे तिर मृत फेला परेका हुन।

जोहोर बाहरु को देसा चेमर्लाङ्ग को ओर्किड फ्लेटमा मृत फेला परेका बोहोरा देसा चेमर्लाङ्ग कै V – COAT(M) SDN.BHD. कम्पनिमा काम गर्दैथिए। 24-25 बर्ष उमेरका देखिने बोहोरा यहिको एक फ्लेटमा एक इन्डोनेशियालि केटि सङ्ग कोठा लिएर बस्दै आएको खुल्न आएको छ।

उनलाई कस्ले हत्या गर्यो भन्ने खुल्न सकेको छैन। प्रहरिले बङ्गालीले हत्या गरेको जानकारी पाए पछि सबै बङ्गाली हरुको होस्टेल हरुमा छापा मारेर २ जना लाई पक्राउ गरेको छ। अहिले प्रहरिले अनुसन्धान गरिरहेको छ। बोहोराको लास अहिले प्रहरिको नियन्त्रणमा रहेको छ।