खाल्साथुम खुल्ला पुरूष फुटबलमा साम्वुगाउँ “ए” विजेता।


पौष ११ धनकुटा / -नरेन्द्र कश्चित

प्रथम खाल्साथुम खुल्ला पुरुष फुटवल प्रतियोगिताको जीत साम्वुगाउँ “ए” छिन्ताङले हात पारेको छ ।
धनकुटाको शहिदभूमी गाउँपालिका खाल्साथुम छिन्ताङ युवा क्लवको खेल मैदान पुँवालेडाँडामा सञ्चालित फाईनल खेलमा भक्तवोलना स्मृती युवा क्लव “वि” सँग १-० गोल अन्तरले जीत हाँसिल गरेको हो ।
जीत सँगै उस्ले नगद ५० हजार ५ रुपयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । दोश्रो स्थानमा चित्त वुझाएको भक्तवोलना युवा क्लवले नगद २५ हजार ५ रुपयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । यो प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी रापा १२ धरान सुनसरीका वरदान राई घोषित भए भने उत्कृष्ट मिडफिल्डर रापा १२ कै शंकर मगर घोषित भए । रापा १२ कै मञ्जिल राई वेष्ट डिफेण्डर, उत्कृष्ट प्रशिक्षक प्रतियोगिता विजेता टिम साम्वुगाउँ “ए” का आदेश राई र उत्कृष्ट गोल किपर साम्वुगाउँ “ए” कै विशाल राई घोषित भए । विजेता समूह र खेलाडीहरुलाई प्रदेश नं १ का प्रदेशसभा सदस्य निरन राई, शहिदभूमीगाउँपालिका अध्यक्ष मनोज राई, २ नं वडाध्यक्ष रत्न वहादुर राई र प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिता आयोजक खाल्साथुम छिन्ताङ युवा क्लवका अध्यक्ष वसन्त राईको अध्यक्षतामा सञ्चालित प्रतियोगिता समापन कार्यक्रममा वोल्दै प्रदेशसभा सदस्य निरन राईले खेल मैदान स्तरोन्नतीका लागि चालु आर्थिक वर्षमा १० लाख वजेट प्रदान गरिने वताउनुभयो ।