पाख्रीबास न पा ले खेलाडीलाई रु २ लाख बराबरको सामग्री प्रदान।

22Shares

माघ १७ धनकुटा ।
धनकुटाको पाख्रीवासमा सञ्चालित मेयर कपलाई लक्षित गर्दै पाख्रीवास वडा नं ४ ले वडाका खेलाडीहरुलाई रु दुई लाख बराबरको सामाग्री प्रदान गरेको छ । उल्लेखित रकमले जर्सी, फुटबल सुज, लगायतका सामाग्री प्रदान गरिएको ४ नं वडाध्यक्ष सोवित निरौलाले जानकारी दिनुभयो । ती सामाग्री ४ नं वडाको वडासिलिङको बजेटबाट उपलब्ध गराएको स्पष्ट पार्दै उहाँले राष्ट्रका लागि र स्वास्थ्यका लागि मात्र खेलकुद नभएर विकासका लागि समेत खेलकुल भएको वताउनुभयो । अनुशासित भएर खेलिने खेलले खेलाडीहरुलाई नैतिकवान बनाउँने उहाँको भनाई छ ।

22Shares