८औं छिन्ताङ्ग शहिदकप फुटबल प्रतियोगितामा यी टिमको भिडन्त

37Shares

माघ २७ धनकुटा ।
धनकुटाको शहिदभूमि गाउँपालिका वडा नं १ लामेचौर खेल मैदानमा जारी ८ औ छिन्ताङ शहिदकप फुटवल प्रतियोगितामा आज ५ वटा खेलहरु भएका छन् । जसअनुसार साम्वुगाउँ फुटवल क्लव शहिदभूमी २ र सिद्धबाबा युवा समूह शहिदभूमी ७ वीच भएको पहिलो खेलमा ०-३ गोल अन्तरले सिद्धबाबा युवा समूह विजयी भएको छ । त्यस्तै राजेन्द्र स्मृती क्लव धनकुटा नगरपालिका ९ वेलाहारा र फाक्सिव फुटवल क्लव सागुरीगढी १ वीच भएको दोश्रो खेलमा ०-१ गोल अन्तरले फाक्सिव फुटवल क्लव विजयी भएको छ । भने माङहाङ युवा क्लव शहिदभूमी ७ र र्सिजनशिल युवा क्लव सागुरीगढी ८ वीच भएको तेश्रो खेलमा पनि ०-१ गोल अन्तरले नै र्सिजनशिल युवा क्लव विजयी भएको प्रतियोगिता आयोजक मितेरी युवाक्लवका अध्यक्ष दुर्गा वहादुर खड्काले जानकारी दिनुभयो । त्यस्तैगरि सागुरीगढी ९ हर्दिया र शहिदभूमी ७ चिम्राहा वीच भएको चौथो खेलमा ०-१ गोल अन्तरले शहिदभूमी ७ चिम्राहा विजयी भएको छ । तम्मर फुटवल क्लव सागुरीगढी र सरस्वती युवा क्लव गोपालपुर शहिदभूमी १ वीच आजै भएको पाचौ खेलमा २-३ गोल अन्तरले सरस्वती युवा क्लव विजयी भएको छ । धनकुटा र सुनसरीका जम्मा २४ टिमले सहभागिता जनाएको प्रतियोगिताको विजयी टिमले नगद ७५ हजार सहित ट्रफी,मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछ भने दोश्रो हुने टिमले नगद ३५ हजार सहित ट्रफी,मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको फाईनल माघ ३० गते हुने छ ।

37Shares