माघ ३० धनकुटा ।
धनकुटाको शहिदभूमी गाउँपालिकामा सञ्चालित ८ औ छिन्ताङ शहिदकप फुटवल प्रतियोगिताको उपाधि अजम्वरी युवा क्लवले उचालेको छ । आज भएको फाईनल खेलमा विश्रान्ति युवा क्लव सँग भिडेको उस्ले १ को विरुद्ध ३ गोल लगाउदै उपाधि जितेको हो । जित सँगै अजम्वरीले नगद ७५ हजार सहित ट्रफी,मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरेको छ । दोश्रो हाँसिल गरेको विश्रान्ति युवा क्लवले नगद ३५ हजार सहित ट्रफी,मेडल र प्रमाण पत्रमा चित्त वुझाएको छ । मितेरी युवा क्लवको आयोजनामा सो गाउँपालिकाको वडा नं १ लामेचौर खेलमैदानमा भएको प्रतियोगिताका सर्वाेत्कृष्ठ खेलाडी अजम्वरी युवा क्लवका मनकुमार राई घोषित भएका छन भने सर्वाधिक गोलकर्ता विश्रान्तिका सुजन मगर,उत्कृष्ठ मिडफिल्डर विश्रान्तिकै प्रविन खवास,उत्कृष्ठ डिफेन्डर अजम्वरीका समिर परियार,उकृष्ठ गोल किपर अजम्वरी कै दिनेश राई र उत्कृष्ठ स्टाईकर विश्रान्तिका रञ्जन मगर घोषित भएको प्रतियोगिता आयोजक क्लवका संस्थापक अध्यक्ष भुपाल कार्कीले जानकारी दिनुभयो । उनिहरु मध्ये सर्वाेत्कृष्ठ खेलाडी र सर्वाधिक गोलकर्ता लाई नगद ३/३ हजार सहित मेडल र प्रमाण पत्र प्रदान गरिएको छ भने अन्य लाई नगद १/१ हजार सहित मेडल र प्रमाण पत्र पुरस्कार प्रदान गरिएको छ । प्रतियोगिताका विजेता टिम तथा खेलाडीहरुलाई शहिभूमी गाउँपालिकाका उपाध्यक्ष रत्नश्वरी राई,शहिदभूमी गाउँपालिका वडा नं १ का वडाध्यक्ष अशोक राई लगायतले पुरस्कार वितरण गरेका थिए ।