धनकुटा चौबिसे गाउँपालिकामा चौबिसे रनिङ्ग कप फुटबल प्रतियोगिता आजबाट शुरु

69Shares

फागुन १२ धनकुटा ।
धनकुटाको चौबिसे गाउँपालिकामा आज देखि दोस्रो चौविसे रनिङ कप फुटबल प्रतियोगिता सञ्चालन हुँदैछ । जसका लागि सम्पुर्ण तयारी पुरा भएको चौविसे गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचालले जानकारी दिनुभयो । चौविसे गाउँपालिका राजारानी धनकुटाको आयोजनामा हुने खेलमा ८ वटै वडाका खेलाडीहरु सहभागिता जनाउने छन् । प्रतियोगिताको प्रदेश सभा सदस्य विनादेवी राईले उद्घाटन गर्नुहुने उपाध्यक्ष रुचालले बताउनु भयो । प्रतियोगिताको प्रथम हुनेले टिमले नगद ५५ हजार सहित रनिङ कप र दोस्रो हुने टिमले नगद ३५ हजार सहित कप पुरस्कार पाउने छन् भने तेस्रो हुने टिमले नगद २० हजार प्राप्त गर्नेछ । १५ गते सम्म सञ्चचालन हुने प्रतियोगिताको सबै विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरीने गाउँपालिकाले जनाएको छ ।

69Shares