चौबिसे रनिङ्ग फुटबल कप प्रतियोगिता लाई प्रदेश सभा सदस्य बिना देबि राईद्वारा उद्घाटन

65Shares

फागुन १२ धनकुटा ।
दोस्रो चौविसे रनिङ कप फुटबल प्रतियोगिता आजदेखि धनकुटाको चौबिसे गाउँपालिकामा शूरु भएको छ । १ नं प्रदेश सभा सदस्य विना देवी राईको प्रमुख आतिथ्यमा सञ्चालित एक कार्यक्रमको वीच प्रतियोगिताको उद्घाटन गरिएको हो । प्रतियोगिताको आज पहिलो दिन २ वटा खेलहरु भएका छन् । जसअनुसार चौविसे गाउँपालिका वडा नं ३ कुरुले तेनुपा र वडा नं ७ मौना वुधुक वीच भएको पहिलो खेलमा १-३ गोल अन्तरले मौनावुधुक विजयी भएको छ । त्यस्तै वडा नं १ छनम्वर वुधवारे र वडा नं २ मुढेवास वीच भएको दोश्रो खेलमा ०-३ गोल अन्तरले मुढेवास विजयी भएको गाउँपालिकाका सामाजिक परिचालक गिता राईले जानकारी दिनुभयो । १५ गते सम्म सञ्चालन हुने प्रतियोगिताको प्रथम हुने टिमलाई नगद ५५ हजार सहित रनिङ कप,दोस्रो हुने टिमलाई नगद ३५ हजार सहित कप र तेस्रो हुने टिमलाई नगद २० हजार पुरस्कार पुरस्कार प्रदान गरिने गाउँपालिकाले जनाएको छ । प्रतियोगिताको सबै विद्यामा उत्कृष्ट हुने खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरीने छ । भोलिको खेल दिउँसो १ वजेदेखी हुने छ ।

65Shares