शहिद रिदामाहाङ्ग/रामालिहाङ्ग वडा स्त्तरीय फूटबलको उपाधी धनकुटा ७ लाई।

88Shares

फागुन २५ धनकुटा ।
शहिद रिदामाहाङ्ग/रामालिहाङ्ग वडा स्तरिय फूटबल प्रतियोगिताको उपाधी धनकुटा नगरपालिका वडा नं. ७ ले हात पार्न सफल भएको छ ।

आज भएको फाइनल खेलमा वडा नं. ७ ले धनकुटा नगरपालिका वडा नं. १ लाई १ का बिरुद्ध ६ गोल गर्दै उपाधी हासिल गरेको हो ।

बिजेता बने सँगै वडा नं. ७ ले नगद रु ५० हजार गोल्डकप हात पारेको छ भने दोस्रो भएको वडा नं १ ले ३० हजारमा चित्त बुझाएको छ । बिजेता वडालाई प्रमुख अतिथी धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गले पुरस्कार वितरण गर्नु भयो ।फाइनल खेलको म्यान आफ द म्याच बिजेता वडाका मन कुमार राई घोषित हुनु भयो । प्रतियोगिता संचालनार्थ धनकुटा नगरपालिकाबाट ३ लाख,लगायत अन्य महानुभावहरूबाट सहयोग प्राप्त भएको आयोजक समितीका संयोजक सन्देश आठपहरीयाले बताउनु भयो ।

88Shares