पाख्रीबास खुल्ला फुटबल प्रतियोगिताको उपाधी लाङ्गघाली युवा क्लबलाई

17Shares

चैत ५ धनकुटा ।
लाङघाली यूवा क्लब पाख्रिबास ९ मातिम्बु धनकुटाको आयोजनामा सञ्चालित पुरुष खुल्ला फुटबल प्रतियोगिताको उपाधि आयोजक “सि´´ ले जितेको छ ।

फाइनल खेलमा अयोजक “ए´´ लाई ० -४ गोल अन्तरले पराजित गर्दै आयोजक सि ले उपाधि उचालेको हो । जित सँगै उसले नगद ३० हजार सहित मेडल तथा प्रमाण पत्र पुरस्कार प्राप्त गरेको छ । दोस्रो भएको आयोजक “ए´´ ले पनि नगद १५ हजार सहित मेडल तथा प्रमाण पत्र पुरस्कार प्राप्त गरेको छ । प्रतियोगिताको बेस्ट किपर सहिदभुमि-६ माम्फिङ फुटबल क्लबका निसान राई, बेस्ट डिफेन्डर आयोजक “सि´´ का हेम कट्टुवाल, बेस्ट प्लेयर अयोजक “सि´´ कै योगेश लिम्बु र हाइस्कोरर आयोजक “ए´´का सुमन लिम्बु घोषित भएकाछन् । उनीहरुलाई पनि मेडल तथा प्रमाण पत्र प्रदान गरिएको आयोजक लाङघाली यूवा क्लबका सञ्चालक कुल बहादुर थापाले बताउनु भयो ।

17Shares