धनकुटामा ७ दिने भलिवल रेफ्री प्रशिक्षण शुरु।

29Shares

धनकुटामा ७ दिने भलिवल रेफ्री प्रशिक्षण शुरु

चैत २४ धनकुटा ।

जिल्ला भलिवल संघ धनकुटाले आजबाट धनकुटामा जिल्ला स्तिरीय भलिवल रेफ्री प्रशिक्षण शुरु गरेको छ ।

संघले आज उद्घाटन कार्यक्रम गरेर प्रशिक्षणको सुरुवात गरेको हो । धनकुटाको तल्लो टुंडिखेलमा ७ दिनसम्म सन्चालन हुने उक्त प्रशिक्षण कार्यक्रममा ७ स्थानिय तहका ३५ प्रशिक्षार्थी सहभागि रहेका छन् ।

यो प्रशिक्षण नेपालकै पहिलो प्रशिक्षण भएको संघका अध्यक्ष गौरव कार्कीले जानकारी दिनुभयो । प्रशिक्षार्थीहरुलाई राष्ट्रिय रेफ्री बिनय राईले प्रशिक्षण सहजिकरण गर्नुहुनेछ । आज भएको उद्घाटन कार्यक्रममा खेलकुद बिकास समिति धनकुटाका नि.वर्तमान अध्यक्ष भोगेन्द्र थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

29Shares