स्व.लक्ष्मण लिम्बूकाे स्मृतीमा निर्माण गरिएकाे खेलमैदान उद्घाटन सम्पन्न ।

19Shares

तेह्रथुम २७ चैत ।

तेह्रथुम छथर गाउँपालिका ३ पञ्चकन्याका स्वर्गिय लक्ष्मण कुरुम्भङ लिम्बुको स्मृतीमा खेलमैदान निर्माण गरि एक कार्यक्रम बिच औपचारिक रुपमा उद्घाटन गरिएकाे छ ।

उक्त खेलमैदान उद्घाटन कार्यक्रम छथर गाउँपालिका ३ का वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी तुलसीजंग थापाले गर्नु भएको थियो ।

खेलमैदान उद्घघाटन समाराेह कार्यक्रमलाई सम्वाेधन गर्दै वडाध्यक्ष थापाले एक असल र समाजका लागी एक कुशल व्यक्तीको असामयिक निधनले समाजमा क्षती भएको र उनको सम्झनामा निर्माण गरीएकाे खेलमैदानले खेल खेल्नका लागि खेलाडीहरुलाई प्राेत्साहन मिल्ने र खेलमैदानमा आयोजना गरीएको फुटबल खेल प्रतियोगिताले सदा लक्ष्मणकाे स्मरण गर्ने बताउनु भयो ।

खेलमैदान उद्धघाटन कार्यक्रममा समृद्वी एकता समुह धरान सुनसरीद्वारा समवेदना पत्र सहित लक्ष्मण लिम्बुकाे खातामा रहेकाे रकम रु.५ हजार ९ सय ६७ रुपैयाँकाे चेक समुहका सचिव उत्तम कार्कीले लक्ष्मण लिम्बुकाे परिवारलाई हस्तान्तण गर्दै लक्ष्मणले दिएकाे रणनीतिहरुकाे सदैव स-सम्मान कदर गरेर समूह अगाडि बड्ने अठाेट गर्नुहुदै उहाँकाे अल्पायुकाे निधनले समुहका रणनिती लगायतका अन्य कदमहरु अगाडि बढाउन घाटा लागेकाे बताउनुभयाे ।

उद्घाटन कार्यक्रममा पत्रकार महासंघ तेह्रथुमका सह सचिव रेवत पारघरी, पञ्चकन्या माध्यमिक बिद्यालयका प्रधानध्यापक पदम फुुयाल, समाजसेवी मान बहादुर पारघरीले शुभकामना मन्तव्य राखेको वडा सदस्य फौदराज लिम्बुले जानकारी दिनुभयो । कार्यक्रम परिवारकाे जेठाे दाई गणेश लिम्बुको अध्यक्षतामा भएको थियो भने स्वागत मन्तब्य समाजसेवी चिनकुमार लिम्बुले राखेका थिए । खेलमैदान उदघाटन कार्यक्रममा छथर गाउँपालिका भित्रका ११ वटा प्रतियाेगी फुटबल खेलाडी टिमहरुको सहभागीता रहेका छन् ।

19Shares