अरिंगाल फुटवल क्लव धरान १३ र चियावारी फुटवल क्लव वराह क्षेत्र फाइनलमा प्रबेश

10Shares

चैत २८ धनकुटा ।
अरिंगाल फुटवल क्लव धरान १३ र चियावारी फुटवल क्लव वराह क्षेत्र धनकुटाको सागुरीगढी ८ ढुङ्गेमा जारी प्रथम ढुंगे कप फुटवल प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छन् । प्रतियोगिता अन्र्तगत आज भएको सेमी फाईनलमा सुआहारा फुटवल क्लव धरान २० सँग भिडेको अरिंगालले १ को विरुद्ध २ गोल लगाउदै फाईनलको यात्रा तय गरेको हो भने वाल खेलमैदान सागुरीगढी ८ सँग सेमिफाईनलमा भिडेको चियावारीले ० को विरुद्ध १ गोल लगाएर फाईनलमा स्थान सूरक्षित गरेको हो । आजको खेलमा अरिंगाल फुटवल क्लका जर्सी नं १७ का खेलाडी प्रदिप लिम्वु र चियावारी फुटवल क्लवका जर्सी नं ४ का खेलाडी दिवस राई म्यान अफ दि म्याच घोषित भएका छन् । उनिहरुलाई पुरस्कार स्वरुप नगद २(२ हजार सहित ट्रफी,मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । ढुङ्गे क्लवको आयोजनामा सञ्चालित प्रतियोगिताको फाईनल खेल भोलि हुने छ । प्रतियोगिताका विजयी प्रथम समूहले नगद ५० हजार ट्रफी, मेडल र प्रमाण पत्र र दोश्रो हुने समूहले नगद ३० हजार ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार पाउने छन् । त्यस्तै उत्कृष्ट डिफेण्डेर, हाईस्कोर, उत्कृष्ट स्टाईकर, उत्कृष्ट गोल किपर,उत्कृष्ट खेलाडीहरुलाई नगद २,२ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने क्लवका अध्यक्ष नगेन्द्र राईले वताउनुभयो ।

10Shares