जिल्ला स्त्तरीय राष्ट्रपति रनिङ्ग कपका विजेताहरुलाई पुरस्कार प्रदान

9Shares

वैशाख ५ धनकुटा ।

धनकुटा जिल्लामा बाह्रौ जिल्ला स्त्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्त्तर्गत भएको भलिवल लगायत विभिन्न खेलकुद प्रतियोगिताका विजयी विद्यार्थी तथा विद्यालयहरुलाई पुरस्कार वितरण गरिएको छ ।

जिल्लामा भएको महिला तथा पुरुष भलिवल लगायत विभिन्न खेलकुद प्रतियोगिता अन्त्तर्गत दौड तथा एथिलेष्टिक प्रतियोगिताहरुमा विजयी विद्यार्थी तथा विद्यालयहरुलाई धनकुटा जिल्ला समन्य समितिका प्रमुख टंक चुवान ,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,अभिभावक संघ धनकुटाका अध्यक्ष सुन्दर वाबु श्रेष्ठ गोकुण्डेश्वर माविका प्रधानाध्यापक यज्ञ प्रकाश चापागाई,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भोगेन्द्र थापा,कार्यालय प्रमुख नविन प्रधान, राष्ट्रिय रेफ्री किरण प्रधान,टिका श्रेष्ठ,आयोजक समितिका सदस्य राम वहादुर श्रेष्ठ,पत्रकार महासंघका निवर्तमान अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ ,जिल्ला फुटवल संघ धनकुटाका अध्यक्ष गोविन्द राई लगायतले कप,मेडल तथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

धनकुटा जिल्लाका सातवटै पालिकाका विभिन्न विद्यालयहरुले भाग लिएको उक्त जिल्ला स्त्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आजसम्म संचालन हुने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख तथा खेलकुद विकास समितिका धनकुटाका सदस्य सचिव नविन प्रधानले वताउनु भयो ।

9Shares