धनकुटाको हिलेमा रामनवमी कप भलिबल प्रतियोगिता शुरू

26Shares

वैशाख ६ धनकुटा ।

धनकुटाको हिलेमा १ नम्बर प्रदेश पालिका स्तरिय रामनवामी कप भलिवल प्रतियोगिता आजदेखि शुरू भएको छ ।

हिले भलिवल क्लवको आयोजनामा आजदेखी शूरु भएको प्रतियोगिताको पहिलो दिनको पहिलो खेल धनकुटा नगरपालिका र झापाको दमक नगरपालिका वीच भएको थियो ।

यी दुई पालिका वीचको खेलमा १८-२५ र १६-२५ को सोझो सेटमा दमक नगरपालिका विजयी भएको छ ।

त्यस्तै चुलाचुली गाउँपालिका ईलाम र पथरी शनिश्चरे गाउँपालिका मोरङ वीच भएको दोश्रो खेलमा २८-३० र १६-२५ अंकले पथरी शनिश्चरे विजयी भयो । झापा गाउँपालिका र धनकुटाको पाख्रीवास नगरपालिका वीच भएको तेश्रो खेलमा २५-२० र २५-२२ अंकले झापा गाउँपालिका विजयी बनेको प्रतियोगिता आयोजक क्लवका अध्यक्ष सञ्जिव तामाङले जानकारी दिनुभयो ।

धनकुटा, भोजपुर, ईलाम, झापा, मोरङ्ग जिल्लाका १० टिमले सहभागिता जनाएको प्रतियोगितामा विजेता टिमले नगद १ लाख सहित कप, मेडल र प्रमाण पत्र र उप-विजेता हुने टिमले नगद ५० हजार सहित कप, मेडल र प्रमाण पत्र पुरस्कार पाउने आयोजक क्लवले जनाएको छ ।

भोलिको पहिलो खेल विहान ९ वजेदेखी साँगुरीगढी गाउँपालिका धनकुटा र पथरी शनिश्चरे गाउँपालिका वीच हुने छ । प्रतियोगिताको फाईनल खेल वैशाख ८ गते हुने छ ।

वैशाख ६ धनकुटा ।
अाजदेखी धनकुटा १ हिलेमा प्रदेश १ पालिका स्तरिय रामनवामीकप भलिवल प्रतियाेगिता शूरु भएकाे छ । रामनवमीकाे अवसरमा हिले भलिवल क्लवकाे अायाेजानामा सञ्चालित प्रतियाेगितामा प्रदेश १ का धनकुटा, भाेजपुर, ईलाम, झापा, माेरङ्ग जिल्लाका १० टिमले सहभागिता जनाएका छन् । प्रतियाेगिताकाे उद्घाटन एक कार्यक्रमकाे वीच १ नं प्रदेश सभा सदस्य ईन्द्रमणी पराजुलीले गर्नुभएकाे हाे । ८ गते सम्म सञ्चालन हुने प्रतियाेगिताकाे पहिलाे हुने टिमले नगद १ लाख सहित कप,मेडल र प्रमाण पत्र र दाेश्राे हुने टिमले नगद ५० हजार सहित कप,मेडल र प्रमाण पत्र पुरस्कार पाउने अायाेजक क्लवका अध्यक्ष सञ्जिव तामाङले जानकारी दिनुभयाे । क्लवका अध्यक्ष सञ्जिव तामाङकाे अध्यक्षतामा भएकाे प्रतियाेगिता उद्घाटन कार्यक्रममा धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ,जिल्ला समन्वय समितिका सदस्य अाेङदा थिङ,धनकुटा नगरपालिका वडा नं १ का अध्यक्ष निरेन तामाङ लगायतकाे उपस्थिती थियाे ।

26Shares