फुटबल खेलाडीहरूलाई चन्द्र र हेमन्तद्वारा फुटबल जर्सी प्रदान

31Shares

वैशाख ७ धनकुटा ।

नयाँ वर्ष २०७८ तथा चैते दशैको अवसर पारेर चन्द्र राई र हेमन्त राईले दुई टोलका युवाहरूलाई फुटबल जर्सी प्रदान गर्नु भएको छ ।

नेपाल तरुण दलका जिल्ला सचिव नरेन्द्र राईको समन्वयमा युवाहरूलाई जर्सी प्रदान गरिएको हो ।

शहिदभूमि गाउँपालिका वडा नं ६ को भट्टाराई टोल तथा ठूलोगाउँ टोलका युवाहरूमा फुटबल खेलप्रतिको रुचि देखेर जर्सी प्रदान गरेको चन्द्र राईले बताउनु भयो ।

आफ्नो गाउँटोलका युवाहरूलाई हौसला मिलोस भनेर एउटा टिमलाई फुटबल जर्सी उपलब्ध गराएको हेमन्त राईले बताउनु भयो ।

जर्सी सौजन्यकर्ता चन्द्र शहिदभूमि गाउँपालिका ६ घर भइ हाल धरानमा होटल व्यवसायी हुन भने हेमन्त वैदेशिक रोजगारको लागि मलेसियामा कार्यरत रहेका छन् ।

यसैगरि सहिदभुमि गाउँपालिका वडा नं ६ निवासी हाल काठमाडौमा होटल तथा रेष्टुरेन्ट संचालक हिरालाल राईले ठूलोगाउँटोलका युवाहरूलाई एउटा र भट्टराई टोलका युवाहरूलाई एक एकवटा फुटबल प्रदान गर्नु भएको छ । नेपाल महिला संघका पुर्व केन्द्रीय सदस्य टिकादेवी भण्डारी र नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य मोहान वान्तावाद्वारा एकएक वटा फुटबल प्रदान गर्नु भएको समन्वयकर्ता तथा नेपाल तरुण दलका जिल्ला सचिव नरेन्द्र राईले जानकारी दिनु भयो ।

जर्सी र फुटबल हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका पुर्व गाविस सभापति मान बहादुर राई,नेपाली कांग्रेसका पुर्व वडा अध्यक्ष चन्द्रमान राई,तोर्ण खड्का,महाधिवेशन प्रतिनिधि राम कुमारी भण्डारी,नेपाली कांग्रेसको तर्फवाट उप-प्रमुख पदका उम्मेदवार कमल कुमारी राई,नेपाली कांग्रेस शहिदभुमि गाउँपालिकाका सचिव रूद्र राई,वडा सभापति विकास राई,सचिव प्रदिप राई,शिक्षक संघका उध्दव खड्का,मीन कुमार राई,क्रियाशील सदस्य देवेन्द्र राई,लिला बहादुर कार्की,हेम राई,दलित संघ जिल्ला उपाध्यक्ष धन बहादुर परियार,कमल बहादुर परियार,वडा नं ६ नेपाली कांग्रेसका तर्फबाट सदस्य पदका उम्मेदवार यज्ञ राई,सानो माम्फिङ टोलका सभापति उत्तम राई,भट्टराईगाउँ टोल समितिका सचिव चन्द्र खड्का लगायतकाको उपस्थिति रहेको थियो ।

31Shares