रामनवमी कप भलिबलको भोजपुर बन्यो विजेता


वैशाख ८ धनकुटा ।

धनकुटाको हिलेमा सञ्चालित १ नं प्रदेश पालिका स्तरिय रामनवमी कप भलिबल प्रतियोगिताको उपाधी भोजपुर षडानन्द नगरपालिकाले उचालेको छ ।

झापा गाउँपालिकासँग भएको फाईनलमा खेलमा २५-२२,१५-२५,२१-२५ र १३-२५ अंकले झापा गाउँपालिकालाई हराउदै उपाधि उचालेको हो ।

जित सँगै षडानन्दले नगद १ लाख सहित कप, मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरेको छ । उो-विजेता भएको झापा गाउँपालिकाले नगद ५० हजार सहित कप, मेडल र प्रमाण पत्रमा चित्त वुझाएको छ ।

हिले भलिवल क्लवको आयोजनामा भएको यो प्रतियोगिाताका विजयी टिमलाई प्रतियोगिता समापन कार्यक्रमको वीच धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ सहित कार्यक्रमका अतिथिहरुले पुरस्कार वितरण गरेको क्लवका अध्यक्ष सञ्जिव तामाङले जानकारी दिनुभयो ।

सोही अवसरमा प्रतियोगिता आयोजना तथा सञ्चालनका लागि सहयोग गर्ने संघ संस्था तथा व्यक्तिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको तामाङले वताउनुभयो ।रामनवामीको अवसरमा हरेक वर्ष खेलाईदै आएको रामनवमी कप भलिवल प्रतियोगितामा यो वर्ष धनकुटा, भोजपुर, ईलाम, झापा, मोरङ जिल्लाका १० टिमले सहभागिता जनाएका थिए ।