बिश्वकप क्रीकेट टि ट्वान्टीको फाइनल खेल अस्ट्रेलिया भर्सेज न्युजिल्यान्ड बिच आज हुने। कस्ले जित्ला बिश्वकप?


कार्तिक २८
आइसीसी टी ट्‍वान्टी विश्वकपको फाइनल आज हुँदै छ। दुबईमा हुने खल आज राति पौने आठ बजे अष्ट्रेलिया र न्यूजिल्याण्ड आमने-सामने हुँदैछन्।

अष्ट्रेलियाले पाकिस्तानलाई पछि पार्दै फाइनलको यात्रा पक्का गरेको हो भने न्यूजिल्याण्डले इग्ल्याण्डलाई हराएको हो।

टि ट्वान्टीको पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डले इङ्ल्याण्डलाई पाँच विकेटले हराउँदै पहिलो पटक फाइनलमा पुगे हो भने अष्ट्रेलियाले पाकिस्तानलाई पनि पाँच विकेटले नै हरायो।

अष्ट्रेलियाले र न्यूजिल्याण्ड विश्वकपको फाइनलमा पहिलो पटक भिड्न लागेका हुन्।

Facebook Notice for EU! You need to login to view and post FB Comments!