कोरोना अस्पतालमा आगलागी हुदा ५ जनाको मृत्यु।

9Shares

मङ्सिर १३
भारतको गुजरात राज्यको राजकोट जिल्लामा एक स्थानिय कोरोना अस्पतालमा आगलागी हुँदा पाँचजना संक्रमितको मृत्यु भएको छ।

राजकोटको मवडी क्षेत्रमा रहेको शिवानन्द अस्पतालको आईसीयुमा बिहीबार राति करिब १ बजे आगलागी भएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उक्त अस्पतालमा उपचाररत अन्य ३० जना कोरोना संक्रमितको भने जीवितै उद्धार गरिएको बताइएको छ। गुजरातका मुख्यमन्त्री विजय रुपाणीले आगलागीको घटनामाथि अनुसन्धान गर्न आदेश दिएका छन्।

यसअघि गुजरातको अहमदावादस्थित एक कोभिड अस्पतालमा पनि आगलागी भएको थियो।
देश सन्चार बाट साभार

9Shares