धनकुटामा प्रचण्डको राँके जुलुसलाई प्रशासनद्वारा रोक।

14Shares

पौष २० धनकुटा ।-नरेन्द्र कश्चित
प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमका विरुद्ध सोमवार साँझ धनकुटामा प्रचण्ड नेपाल समुहको राँके जुलुस सहितको प्रदर्शनमा स्थानिय प्रशासनले रोक लगाएको छ ।
करिव सयौंको संख्यामा राँकेजुलुस सहित धनकुटा वजारमा प्रदर्शन गर्ने तयारी भइरहँदा स्थानिय प्रशासनले राँकेजुलुस ननिकाल्न आदेश गरेपछि राँके जुलुस रोकिएको थियो । प्रशासनले राँको निकाल्न नदिए पनि नेकपाको हँसिया हथौडा सहितको झण्डा वोकेर वजारको विभिन्न भागको परिक्रमा गर्दै स्थानिय मदनचोकमा आएर कोण सभा आयोजना गरेका थिए ।
प्रदर्शनको क्रममा उनीहरुले केपी ओलीको असंवैधानिक कदमका विरुद्ध चर्को नारावाजी गरेका थिए । वजार परिक्रमा पछि आयोजित कोणसभालाई सम्वोधन गर्दै नेकपा धनकुटाका युवा नेता अर्जुन राईले शान्तिपुर्ण जुलुसमा स्थानिय प्रशासनले राँकेजुलुस निकाल्न नदिएको भन्दै घोर भर्त्सना गरे । उनले आफ्ना नेता तथा कार्यकर्ताहरुको मनोवल गिराउने उदेश्यले स्थानिय प्रशासनले हस्तक्षेप गर्न खोजेको भन्दै आपत्ति जनाए ।

14Shares