एकल महिला स्वरोजगार तालिम धनकुटामा सम्पन्न।

20Shares

धनकुटा ११ माघ ।-नरेन्द्र कश्चित
एकल महिलाहरुलाई स्वरोजगारका लागी शिव कार्यक्रम अन्र्तगत धनकुटामा संचालन गरिएको सात दिने शिप मुलुक नर्सरी व्यवस्थापन तालिम र धुप तथा बत्तश्र बनाउने तालिम आज सम्पन्न भयो ।
उक्त तालिम प्रभावकारी र फलयादी भएको सहभागी धनकुटाका एकल महिलाहरुले आज तालिमको समापन कार्यक्रममा वताएका छन ।
उक्त तालिमको समापन कार्यक्रमा धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्गले शिपले मानिसलाई स्वरोजगार बनाई आत्मनिर्भर बनाउने वताउदै धनकुटाका नगरका एकल महिलाहरुलाई स्वरोजगार बनाउन धनकुटा नगरपालिकाकाले सहयोग गर्ने वताउनु भयो ।
मानव अधिकारका लागी महिला एकल महिला समुह धनकुटा जिल्लाका अध्यक्ष मिना कुमारी राईको अध्यक्षतामा सम्पन्न भएको तालिमको समापन कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले एकल महिलाहरुले उत्पादन गरेको सामाग्रीहरुको वजारीकरण गर्न धनकुटा उद्योग बाणिज्य संघले सहयोग गर्ने र शिप विकासमा समेत एकल महिलाहरुलाई सहभागी गराई आत्मनिर्भर बनाउन सहयोग गर्ने वताउनु भयो ।
सो अवसरमा मानव अधिकारका लागी महिला एकल महिला समुहका धनकुटा उपाध्यक्ष इश्वरी श्रेष्ठ,तालिमका प्रशिक्षकहरु यज्ञ कुमारी श्रेष्ठ,तुलसा दाहाल,सचारकर्मी देवकला कार्की ,तालिमका सहभागी खड्ग कुमारी घिमिरे,संस्थाका फोकल पर्सन निशा राई लगायतले तालिम ज्यादै उपयोगी प्रभावकारी भएकोले धनकुटाका एकल महिलाहरुको आय आर्जनमा सहयोग पुग्ने वताउनु भयो ।
एकल महिला स्वरोजगारका लागी सीप विकास कार्यक्रम अन्र्तगत धनकुटामा संचालन गरिएको उक्त नर्सरी व्यवस्थापन तथा धुप र बत्ती बनाउने तालिममा धनकुटा नगरपालिकाका विभिन्न वडाहरुका गरी जम्मा २५ जना एकल महिला र एकल महिलाका परिवारहरुले भाग लिएको संस्थाकी अध्यक्ष मिना कुमारी राईले वताउनु भयो ।
तालिमबाट सिकेर उत्पादन गरेका सम्पूर्ण समाग्रीहरु मानव अधिकारका लागी महिला एकल महिला समुह धनकुटाले खरिद गरी विक्रि गरीदिने अध्यक्ष मिना राईले वताईन ।

20Shares